कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १४ : १४
कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप

विरानटगर । प्रदेश सभामा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिंदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस