काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले चौबीसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले देशका गम्भीर समस्या बारे चिन्तन र छलफलको साटो सत्ताको स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नुले देश तहसनहस बनेको बताएका छन् ।
उनले भनेका छन्-
देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो । यस्तो चालाले देश तहसनहस हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम