काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ ।
साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।
इरानले इजरायलमा गएरातीदेखि आक्रमण शुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा- भेला नगर्न निर्देशन जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा