काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई नेताहरूबिच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि ‘प्रचण्ड’ले ओलीसँग छलफल गरेका हुन् ।
आजको क्याविनेटबाट मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय गर्नुका साथै केही सचिवहरूको सरुवा पनि गर्ने बुझिएको छ भने हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गराए अध्यक्ष पदमा उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका संशोधन
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता