काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएकोले ‘मिसन २०८४’त्यसकै निम्ति अघि ल्याइएको बताएका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको बिहीबार फुङलिङमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको,राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा समस्या देखा पर्न थालेको बताए।
यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनसायले नै गठबन्धन भाँचिदिएर आफूहरूले नयाँ समीकरण बनाएको ओलीको बोली थियो। ओलीले नयाँ बनेको सत्ता साझेदारीलाई गठबन्धन भन्न रुचाएनन्। उनले अहिलेको गठबन्धन नभई समीकरण मात्र भएको रूपमा बुझ्न आग्रह समेत गरेका छन्।
उनले मिसन २०८४ को लक्ष्य पूरा गर्न आफूलाई केन्द्र राख्ने प्रवृत्तिको अन्त्य गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। काँग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिँदै ओलीले भने, ‘काँग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, काँग्रेस मति बिगारिहन्छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी