काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।
भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पदाधिकारीहरू र कार्यकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए ।
उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे । अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए ।
उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए । उद्योग मन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौँ आएको थियो । स समिट आयोजना गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ