संसद्‌को अवरोध अन्त्य गर्न राजनीतिक संवाद शुरू भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, ११ : ०६
संसद्‌को अवरोध अन्त्य गर्न राजनीतिक संवाद शुरू भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मोरङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्न राजनीतिक तहमा संवाद शुरू भएको र चाँडै समाधान हुने बताएका छन् ।

विराटनगरमा आज बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने बताए । त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषय अलग र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

'अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,' प्रधानमन्त्री प्रचण्डले भने, 'मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए ।

उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।'प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस