काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने बताएका छन्। सहकारी प्रकरणमा लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने उनको भनाइ थियो।
बुद्धनगरमा आज भएको कार्यक्रममा बोल्दै सिंहले विगतमा मन्त्रीहरूमाथि आरोप लाग्दा राजीनामा दिएर छानबिनलाई सहयोग गरेको प्रसंग पनि सुनाए। ‘सहकारी प्रकरणमा काँग्रेस प्रष्ट छ, संसदीय छानबिन समिति बन्नुपर्छ,’ सिंहले भने, ‘संसदीय छानबिन बनाउन तयार नभए सदन अवरोध रहन्छ। काँग्रेसलाई पनि संसदीय अभ्यास राम्रोसँग थाहा छ।’
उनले सहकारीको रकम अपचलन गरेको आरोप लागेकोले गृहमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने पनि बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो