काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने बताएका छन्। सहकारी प्रकरणमा लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने उनको भनाइ थियो।
बुद्धनगरमा आज भएको कार्यक्रममा बोल्दै सिंहले विगतमा मन्त्रीहरूमाथि आरोप लाग्दा राजीनामा दिएर छानबिनलाई सहयोग गरेको प्रसंग पनि सुनाए। ‘सहकारी प्रकरणमा काँग्रेस प्रष्ट छ, संसदीय छानबिन समिति बन्नुपर्छ,’ सिंहले भने, ‘संसदीय छानबिन बनाउन तयार नभए सदन अवरोध रहन्छ। काँग्रेसलाई पनि संसदीय अभ्यास राम्रोसँग थाहा छ।’
उनले सहकारीको रकम अपचलन गरेको आरोप लागेकोले गृहमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव