काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिन २२ अंकमाथिले नेप्से बढेर सुखद सुरुवात भएकोमा दोस्रो कारोबार दिन मंगलबार थप ९.१४ अंकले बढ्दै नेप्से सूचक २ हजार ३६.०१ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।मंगलबार नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।९ अंकमाथिले नेप्से बढेको यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् ।
कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार १५० कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
मंगलबार जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार