काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग
घुससहित पक्राउ परेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर