काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)