काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।
शीर्ष तहका नेताको बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको छ । ‘संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक भोलि बिहान बस्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजेट अधिवेशनको तयारी, संसद्मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बस्छ ।’
मंगलबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?