काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग