काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जीव खड्काले पाएका छन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् । नेविसंघ केन्द्रीय कार्यालयमा कार्यवाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताएका छन् ।
अध्यक्ष शेर्पा भारत मुम्बईमा आयोजित कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदै छन् । त्यसअघि उनले कार्यवाहक तोकेका हुन् । पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १४ : ०२
लेखकबाट थप