तनहुँ । तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्। व्यास नगरपालिका- ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन्।
हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपकुमार रायले जानकारी दिए।
‘शनिबार साँझ घर नजिकै बारीमा उनले धारिलो हतियार (दाउ) प्रहार गरी पत्नीको हत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रायले भने, ‘शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।’
घरायसी विवादमा उनले पत्नीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ।
‘जितबहादुर तीन/चार दिनअघि मात्रै वैदेशिक रोजगारी (भारत)बाट फर्किएको स्थानीयले बताएका छन्,’ डीएसपी रायले भने, ‘पति-पत्नीबीचको विवादको कारण खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’
कुमाल दम्पतीका एक छोरा र एक छोरी छन्। आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरुको बिचल्ली भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या