तनहुँ । तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्। व्यास नगरपालिका- ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन्।
हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपकुमार रायले जानकारी दिए।
‘शनिबार साँझ घर नजिकै बारीमा उनले धारिलो हतियार (दाउ) प्रहार गरी पत्नीको हत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रायले भने, ‘शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।’
घरायसी विवादमा उनले पत्नीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ।
‘जितबहादुर तीन/चार दिनअघि मात्रै वैदेशिक रोजगारी (भारत)बाट फर्किएको स्थानीयले बताएका छन्,’ डीएसपी रायले भने, ‘पति-पत्नीबीचको विवादको कारण खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’
कुमाल दम्पतीका एक छोरा र एक छोरी छन्। आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरुको बिचल्ली भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या