काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँचै दिन घटेको छ । आइतबारदेखि बिहीबारसम्म निरन्तर रूपमा नेप्से परिसूचक घटेर बन्द भएको छ । यससँगै यो साता ३१.५७ अंकले परिसूचक घटेर बन्द भएको हो ।
साताको आइतबार नेप्से परिसूचक १७.३० अंकले घटेको थियो । यस्तै सोमबार ६.२६, मंगलबार १.८५ अंक, बुधबार ३.४३ अंक र बिहीबार २.७३ अंकले घटेको हो । साताको पाँच कारोबार दिन नै घटेपछि नेप्से परिसूचक २००४ अंकमा आएर रोकिएको छ ।
साताको आइतबार २०३५ अंकबाट कारोबार सुरु भएको थियो । परिसूचक घटे पनि यो साता १३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । गत साता नेप्सेमा ९ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो ।
परिसूचक घटेपछि नेप्सेको पुँजीकरण पनि घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३१ खर्ब ७७ अर्बमा आइपुगेको छ । गत साता ३२ खर्ब २७ अर्बको नेप्से पुँजीकरण थियो । यो ५० अर्ब रुपैयाँको गिरावट हो ।
अर्थमन्त्रीमा वर्षमान पुन आएपछिको पहिलो हप्ता नेप्सेमा उत्साहजनक सुधार आएको थियो । तर, त्यसयता भने बजार निरन्तर घट्दो क्रममा छ । यो साता पनि घट्ने क्रमले निरन्तरता दिएपछि परिसूचक १९०० अंकतर्फ लम्केको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार