काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँचै दिन घटेको छ । आइतबारदेखि बिहीबारसम्म निरन्तर रूपमा नेप्से परिसूचक घटेर बन्द भएको छ । यससँगै यो साता ३१.५७ अंकले परिसूचक घटेर बन्द भएको हो ।
साताको आइतबार नेप्से परिसूचक १७.३० अंकले घटेको थियो । यस्तै सोमबार ६.२६, मंगलबार १.८५ अंक, बुधबार ३.४३ अंक र बिहीबार २.७३ अंकले घटेको हो । साताको पाँच कारोबार दिन नै घटेपछि नेप्से परिसूचक २००४ अंकमा आएर रोकिएको छ ।
साताको आइतबार २०३५ अंकबाट कारोबार सुरु भएको थियो । परिसूचक घटे पनि यो साता १३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । गत साता नेप्सेमा ९ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो ।
परिसूचक घटेपछि नेप्सेको पुँजीकरण पनि घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३१ खर्ब ७७ अर्बमा आइपुगेको छ । गत साता ३२ खर्ब २७ अर्बको नेप्से पुँजीकरण थियो । यो ५० अर्ब रुपैयाँको गिरावट हो ।
अर्थमन्त्रीमा वर्षमान पुन आएपछिको पहिलो हप्ता नेप्सेमा उत्साहजनक सुधार आएको थियो । तर, त्यसयता भने बजार निरन्तर घट्दो क्रममा छ । यो साता पनि घट्ने क्रमले निरन्तरता दिएपछि परिसूचक १९०० अंकतर्फ लम्केको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार