काठमाडौँ । फागुन महिनामा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनमा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा भित्रिएको हो ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २५ अर्ब १८ करोड ८७ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण र पार्टस् आयात भएको बैंकको तथ्याङ्क छ ।गत वर्ष यही अवधिमा २४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको थियो ।
चालू आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी १८ अर्ब २० करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् चीनबाट आयात भएको छ । भारतबाट ६ अर्ब ६९ लाख रुपैयाँको मात्रै टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको छ ।
भारत र चीनबाहेकका राष्ट्रहरुबाट ९८ करोड १४ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् नेपाल भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने