खोटाङ। खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका २ नालीका ३५ वर्षीय प्रकाश परियार छन् ।उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ