खोटाङ। खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका २ नालीका ३५ वर्षीय प्रकाश परियार छन् ।उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ