काठमाडौँ । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका-८ घर भई काठमाडौँ टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो ।
क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान