काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिदो दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।
उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि: शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिएका थिए । साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ