काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न चौधरी मंगलवार अपरान्ह सिंहदरबारस्थित उनको कार्यालय गएका थिए ।प्रधानमन्त्री र आफूबीच सरकारलाई समर्थन गर्ने–नगर्ने भन्ने विषयमा कुरा भएको चौधरीले बताए ।
यही चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय आधिकारिक हुने भनेर आफूले प्रधानमन्त्रीलाई जानकारी दिएको उनको भनाइ छ ।‘२३ र २४ गते पार्टीको बैठक बस्दैछ । सो बैठकले जे गर्छ त्यो नै आधिकारिक हो भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’ उनले भने ।
यतिबेला नागरिक उन्मुक्तिको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति चौधरीबीचको विवादले तनावको स्थिति सिर्जना गरेको हो ।
सत्ता गठबन्धनमा सहभागी हुने कि नहुनेलगायतका विषयमा चौधरी र श्रेष्ठबीच कुरा मिल्न सकेको छैन ।चौधरी पक्ष सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ भने श्रेष्ठले केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?
रेशम चौधरीलाई कारागार बुझाइयो