काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न चौधरी मंगलवार अपरान्ह सिंहदरबारस्थित उनको कार्यालय गएका थिए ।प्रधानमन्त्री र आफूबीच सरकारलाई समर्थन गर्ने–नगर्ने भन्ने विषयमा कुरा भएको चौधरीले बताए ।
यही चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय आधिकारिक हुने भनेर आफूले प्रधानमन्त्रीलाई जानकारी दिएको उनको भनाइ छ ।‘२३ र २४ गते पार्टीको बैठक बस्दैछ । सो बैठकले जे गर्छ त्यो नै आधिकारिक हो भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’ उनले भने ।
यतिबेला नागरिक उन्मुक्तिको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति चौधरीबीचको विवादले तनावको स्थिति सिर्जना गरेको हो ।
सत्ता गठबन्धनमा सहभागी हुने कि नहुनेलगायतका विषयमा चौधरी र श्रेष्ठबीच कुरा मिल्न सकेको छैन ।चौधरी पक्ष सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ भने श्रेष्ठले केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी