तेह्रथुम। श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका ६ सुर्केका ४६ वर्षीय दीपक लिम्बू छन् ।
५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा उनलाई सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दीपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्रहरीमा आएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरी खिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ