तेह्रथुम। श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका ६ सुर्केका ४६ वर्षीय दीपक लिम्बू छन् ।
५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा उनलाई सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दीपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्रहरीमा आएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरी खिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ