काठमाडौँ । काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय राजु गुरुङ छन् ।
उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् । ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ