काठमाडौं। काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ घर भई हाल काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।
उनको साथबाट कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र आई फोनसहित २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन क्षेत्रमा हतियारसहित लिम्बूले गुण्डागर्दी गरिरहेको सूचना आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास कार्यलाई तीव्रता दिएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ