झापा। झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने इलामको माई नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बू छन् ।
उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लिम्बूले ती किशोरीलाई बिर्तामोड नगरपालिका ४ स्थित कोहिनुर होटलमा बुधवार बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ