बारा । जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको छ ।
बाराको देवताल गाउँपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नम्बर २ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
यस्तै बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोद प्रसाद यादव पक्राउ परेका छन् ।उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान