अष्ट्रेलियामा छन् पाँच लाख विदेशी विद्यार्थी, अझै थप्न एजुकेसन सेमिनार

सोमबार, ०१ असोज २०७५, १६ : २९
अष्ट्रेलियामा छन् पाँच लाख विदेशी विद्यार्थी, अझै थप्न एजुकेसन सेमिनार

चितवन । पछिल्लो समय नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ बनेको अष्ट्रेलियामा विश्वका दुई सय राष्ट्रबाट करिब पाँच लाख विद्यार्थी रहेको अनुमान छ । आधुनिक प्रविधि र उच्च जीवनशैलीको देश अष्ट्रेलियामा नेपाली विद्यार्थी अझै थप्न नेक्स्ट् टर्म एजुकेसन एण्ड भिसा सर्भिसले असोज दस गते नारायणगढमा एजुकेसन सेमिनार आयोजना गर्दैछ ।
सेमिनारबारे जानकारी दिन सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेक्स्टटर्मकी निर्देशक प्रतिज्ञा अधिकारीले सही सूचना र परामर्शका लागि सेमिनार आयोजना गरिएको बताउनु भयो । आफूहरुले तीन वर्षदेखि अष्ट्रेलियामा परामर्श सेवा सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै उहाँले सेमिनारमा आउने विद्यार्थीलाई वास्तविक जानकारी प्रदान गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस