बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।
आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशीलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजको हलपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियौ ।श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ
प्रहरी सहयाेगीको गोली हानेर हत्यामा, अनुसन्धान बिभागका अधिकृतसहित तीन जना पक्राउ
बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण
सर्लाहीमा एक महिलाको हत्या