काठमाडौ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज राति चीन भ्रमणमा जाँदैछन्। गृहबाट परराष्ट्रमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो।
आज राति ११ बजे श्रेष्ठ चीन भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन्।
चीन भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमण पूरा गरेर यही चैत १९ गते उनी स्वदेश फर्किने कार्यतालिका छ।
गएको कात्तिक पहिलो साता गृहमन्त्री रहेको बेला पनि उनी चीन भ्रमणमा गएका थिए। त्यतिबेला चीन भ्रमणमै रहेको बेला मन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण