काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीले तीन वटा मोर्चा सम्हालिरहेको बताएका छन् । आज वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले पार्टीले अहिले पार्टीले नेपाल सरकारको मोर्चामा रहेर काम गरिरहेको उनको भनाई छ । उनले शानदार इन्ट्रीका साथ नेपाल सरकारको मोर्चा सम्हालिरहेको समेत बताए । दोस्रो मोर्चाका रूपमा प्रतिनिधिसभामा सम्हालिरहेको र तेस्रो मोर्चाका रूपमा नेपाल राष्ट्रको मैदानमा समेत पार्टी रहेको वाग्लेले बताए ।
सरकारी मोर्चाको विषयमा बोल्दै दुई हप्तादेखि सम्हालिरहेको वाग्लेको भनाई छ । सरकारको मोर्चाको बारेमा धेरै विषय बिस्तारै खुल्दै गइरहेको भए पनि एउटा पक्षलाई रास्वपाको सरकार यात्रापछि छटपटी सुरु भइसकेको बताए ।
उनले २१ जना सांसद भएको राजनीतिक दल सरकार छाडेको ५ महिनापछि नै फेरी सरकारमा फर्किनु चानचुने नभएको बताए । उनले विगत ७० वर्षको लोकतान्त्रिक अभ्यासका क्रममा रास्वपाको जस्तो सरकारमा शानदार इन्ट्री गर्नका लागि ४०–५० वर्ष लागेको वाग्लेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा