ऐलानी जग्गा खोज्दै विराटनगर महानगर

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, १० : ४८
ऐलानी जग्गा खोज्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ । 

वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाँच गरी छुटाइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिP । विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताए ।

महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजाँचपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजाँचपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस