काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो ।
दफावार छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताए । ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौं भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भने ।
बडूले जिल्ला शिक्षा कार्यालय नराख्ने र हाल रहेको शिक्षा विकास तथा समन्वय कार्यालय यथावत राख्ने प्रस्ताव गरेका छन् । परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।
शिक्षकको सरुवा गर्दा स्थानीय तहले शिक्षा विकास तथा समन्वय कार्यालयको परामर्श लिनुपर्ने व्यवस्था राख्नुपर्ने कांग्रेस सांसद बडूले प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने
विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता