विद्यालय शिक्षा विधेयक ओझेलमा परेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०८२, १३ : २१
विद्यालय शिक्षा विधेयक ओझेलमा परेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको ध्यानाकर्षण

काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले प्रतिनिधि सभामा दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ओझेलमा परेको र स्ववियु : विद्यार्थी कल्याण परिषद्‌को निर्वाचनप्रति विश्वविद्यालयहरूको पूर्वाग्रही दृष्टिकोणको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार संयुक्त विद्यार्थी सङ्गठनले ५ बुँदे विज्ञप्ति जारी गर्दै नेपाल सरकार, सङ्घीय संसद्, विषयगत संसदीय समिति, विश्वविद्यालयहरू लगायतका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो । विज्ञप्ति जारी गर्नेमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १६ सङ्गठन रहेका छन् । 

प्रतिक्रिया दिनुहोस