काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर भागेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडे पक्राउ परेका हुन् ।
उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् ।
२०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो । जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ