मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक : उपराष्ट्रपति यादव

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १४ : ०७
मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौँ । मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको उपराष्ट्रपति रामसहाय यादवले बताएका छन् ।  बुधबार काठमाडौँ आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरुको,गतिबिधिहरुको समीक्षा गर्ने अवसरको रुपमा लिँदै आफुलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ ।’

उनले मधेसमा रहेकाविद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रुपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे । 

उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैनन् । उसको क्षेत्रअधिकारले निर्धारण गरेको विषयहरुमा संवैधानिक व्यवस्था अनुरुप सशक्त रुपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’

 

प्रतिक्रिया दिनुहोस