क्यानले नेपाल ‘ए’ क्रिकेट टोलीको प्रशिक्षणमा बोलायो ४० खेलाडी, कमलको पुनरागमन

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १४ : ५९
क्यानले नेपाल ‘ए’ क्रिकेट टोलीको प्रशिक्षणमा बोलायो ४० खेलाडी, कमलको पुनरागमन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।

‘ए’ टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् । कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुनः फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी-२० आई खेल खेलेका छन् ।

नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग दुई टी-२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी-२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एक दिवसीय अभ्यास खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस