काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।
‘ए’ टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् । कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुनः फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी-२० आई खेल खेलेका छन् ।
नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग दुई टी-२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी-२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एक दिवसीय अभ्यास खेल खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने