काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. अंकुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त उपकुलपति डा. साहलाई प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण गराउँदै मुख्यमन्त्री यादवले उपकुलपतिको नियुक्तिपछि प्रतिष्ठानले गति लिने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य मन्त्रालयले एक नम्बरमा सिफारिस गरेकै योग्य व्यक्तिलाई आफूले नियुक्त गरेको बताए ।
शपथग्रहण समारोहमा सह-कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र कुमार सिंह, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर , नीति तथा योजना आयोगको उपाध्यक्ष नाथु राम चौधरी, प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त