काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंननमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्।
उनले शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइने चेतावनी दिएकी हुन्।
‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला। हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्ने पनि मन्त्री श्रेष्ठले बताइन्। उनले कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सिधै मलाई खबर गर्न आग्रह गरेकी छन्।
उनले त्यस्ता व्यक्तिलाई कारबाही हुने प्रतिबद्धता व्यक्त समेत गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन