वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिम्याच’ हुँदै छ । यसैबीच शनिबार ट्रम्पले एक र्यालीमा निर्वाचनमा आफूले जितिन भने देशमा ‘रक्तपात’ हुने चेतावनी दिएका छन् ।
ओहायोको डेटनमा एक र्यालीमा सम्बोधन गर्दै क्रममा ट्रम्पले यस्तो भनेका हुन् । ‘यदि अहिले मैले चुनावमा जितिन भने यहाँ रक्तपात हुनेछ । कम्तीमा यही हुनेछ । रक्तपात देशका लागि हुन लागेको छ ।’ उनले भने ।
तर अहिलेसम्म ट्रम्पको यो भनाइको आशय के हो भन्ने स्पष्ट भएको छैन । यो चेतावनी दिइरहेको समयमा उनले अटो उद्योगबारे गुनासो गरिरहेका थिए । भीडलाई सम्बोधन गर्दै ट्रम्पले आफू पुनः निर्वाचित भए चीनबाट अमेरिकामा आयात गरिएका कुनै पनि गाडी बेच्न नसक्ने बताएका थिए ।
बाइडेन विरुद्ध अभिव्यक्ति
अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तो अवस्थामा ट्रम्पले चुनावअघि अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध कटु अभिव्यक्ति दिइरहेका छन् ।
अमेरिकी संसदमा सन् २०२१ को जनवरी ६ मा भएको दंगासम्बन्धी मामिलामा जेलमा परेका मानिसहरूलाई बन्धक बनाएको सन्दर्भ समेत ट्रम्पले कोट्याएका थिए । यसैबीच बाइडेनले पनि जनवरी ६ का घटनाक्रमलाई आफ्नो भाषणमा उठाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प