एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनअन्तर्गत शुक्रबार मतदान सुरु भएको छ। आजदेखि तीन दिन अर्थात आइतबारसम्म मतदान हुनेछ।
तर, विश्वसनीय प्रतिपक्षको अभावमा यो निर्वाचन औपचारिकता मात्र बनेको छ र भ्लादिमिर पुटिनले नै पाँचौँपटक जित्ने सम्भावना छ।
समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयानुसार बिहान ८ बजे मतदान सुरु भएको हो।
यसअघि राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए।
यदि पुटिनले यो चुनाव जिते भने उनी सन् २०३० सम्म यो पदमा रहनेछन् । २००८ र २०१२ बीचको प्रधानमन्त्रीको रूपमा चार वर्षबाहेक भ्लादिमिर पुटिन मे २००० देखि निरन्तर रुसको राष्ट्रपति छन्।
यसैबीच युक्रेनले रुसको चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा घातक हमला गर्न थालेको छ। उता रुसी अधिकारीहरूले भने आफ्ना नागरिकलाई मतदानका क्रममा प्रदर्शन गरे नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्।
करिब एक महिनाअघि फेब्रुअरी १६ मा उनका राजनीतिक प्रतिद्वन्द्वी एलेक्सी नभाल्नी जेलमै बितेका थिए। यसअघि सन् २०२० को अगस्टमा नभाल्नीलाई विष दिइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस