काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका छन् । उनले नेपालमा सरकार भए रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध किन गर्नुपर्यो भनेर प्रश्न गरेका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्यो भनेर माग गरिरहनुभएको छ’, शाहीले भने, ‘के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’
उनले रसियामा रहेका गोरखाका एक नेपालीको अवस्थाबारे चर्चा गर्दै गोरखाबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तर आफ्नै निर्वाचन क्षेत्रका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका सबै जनताको उद्धार गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'