वालदिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता

सुमन गैरे

शुक्रबार, २९ भदौ २०७५, १९ : ०८
वालदिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता

प्रतिकात्मक फोटो

भरतपुर । राष्ट्रिय वालदिवसको अवसरमा भरतपुर–९, स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा शुक्रबार अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा एसईई २०७४ मा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । 

“जीवनोपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता” विषयक अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा भरतपुर–९, स्थित गुरुकुल माविकी छात्रा दिव्या कंडेल प्रथम, स्टेप वाई स्टेप आवासीय माविकी दृष्या अधिकारी द्वितिय र भरतपुर–८ मा रहेको एसओएस हर्मोन माइनर स्कूलकी विनिता वास्तोला तृतिय भएका थिए ।  

उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवमु् भरतपुर–९ का वडा अध्यक्ष यमलाल कंडेल र विशिष्ट अतिथि भरतपुर महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । एसईई उत्कृष्ट शेयर सदस्यका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र छात्रालाई पनि पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । सहभागी विद्यालयहरुलाई पनि प्रशंसा पत्र वितरण गरिएको छ । 

सो अवसरमा प्रमुख अतिथि यमलाल कंडेलले प्राविधिक शिक्षा विद्यालयबाटै सुरु गर्न पाठ्यक्रममा समावेश गर्नु पर्ने वताउनु भयो । महानगर शिक्षा महाशाखाका शाखा अधिकृत दवाडीले दक्ष र प्राविधिक जनशक्तिलाई राज्यले स्वदेशमा नै लगानी गर्ने वातावरण बनाउनु पर्ने वताउनु भयो । हरेक विद्यालयमा बाल क्लव गठन गरी सामाजिक परीक्षणमा सहभागीु गराउनुपर्नेमा जोड दिनु भयो । 

सो सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाको सभापतित्वमा समपन्न भएको कार्यक्रममा शिक्षाविद्ध श्रीप्रसाद ढुगाना, शिक्षा उपसमितका संयोजक सुमन गैरे, शरदपुर मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कंडेल लगायतले वाल अधिकार र वाल दिवसको बारेमा प्रकाश पार्नु भएको थियो । प्रतियोगितामा शिक्षाविद् श्रीप्रसाद ढुंगाना, संस्थाका सल्लाहकारद्धय महेन्द्रप्रसाद पौडेल र चित्र वहादुर न्यौपानेले निर्णायकको भूमिका खेल्नु भएको थियो । कार्यक्रममा भरतपुर–८ र ९ का सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस