काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् ।
दर्गास्थित मामाघरबाट फर्किंदा छिरिङ भिरबाट लडेर उनको मृत्यु भएको रामेछापका डीएसपी होम पराजुलीले बताए । उनी भिरबाट करिब २ सय मिटर तल चौर खोलाको बगरमा खसेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टोकरपुरका इन्स्पेक्टर मणिराम थापा नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु