काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् ।
दर्गास्थित मामाघरबाट फर्किंदा छिरिङ भिरबाट लडेर उनको मृत्यु भएको रामेछापका डीएसपी होम पराजुलीले बताए । उनी भिरबाट करिब २ सय मिटर तल चौर खोलाको बगरमा खसेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टोकरपुरका इन्स्पेक्टर मणिराम थापा नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु