जैसलमेर । भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटना भएको छ । तेजस विमान दुर्घटनाको यो पहिलो घटना हो ।
मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको हो । घटना हुँदा होस्टेल खाली थियो । यसले अन्य क्षति नभएको अधिकारीहरुले बताएका हुन् ।
पाइलट सकुशल बाहिर निस्कन सफल भएका थिए । प्रत्यक्षीदर्शीका अनुसार एक्कासि विष्फोट भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको थियो । या वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।
यो दुर्घटना पोकरणमा चलिरहेको अभ्यास स्थलबाट करिब १०० किलोमिटर टाढा जैसलमेरमा भएको हो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत अन्य धेरै नेता तथा सेनाका वरिष्ठ अधिकारीहरू उपस्थित छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता