दाङ । दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकलमा सवार दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।
साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पु¥याइएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिरबाट लडेर एक युवकको मृत्यु
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु