काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाउने छ । यसका साथै, उम्मेलवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन् ।
यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?