काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । एमाले नेतृत्वको गठबन्धनमा सामेल हुनेरनहुने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो । नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गरेका थिए । आज बस्ने बैठकले सरकारबारे निर्णय गर्ने समाजवादीका एक नेताले बताए ।
बैठकअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि ‘प्रचण्ड’सँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
तर, हिजो ‘प्रचण्ड’ र ओलीको संयुक्त भेटपछि अध्यक्ष नेपाल सकारात्मक भएका छन् । ‘प्रचण्ड’ सरकारलाई बहुमत पुर्याउन रोक्न आज विपक्षी गठबन्धनको प्रस्ताव लिएर काँग्रेस सभापति शेरबहादुर देउवा पनि नेपाल निवास कोटेश्वरमा पुगेका थिए । अहिले नेकपा एसलाई दुवै तर्फको नेताहरूको तानातानमा परेको छ । देउवाले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय