काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।
आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।
नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
चितवनमा त्रिशूलीको किनारमा खस्यो ट्रक
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
त्रिशूलीमा ट्रक खस्यो