काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।
आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।
नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली– काठमाडौँ प्रसारण लाइनको स्टेशनमा समेत क्षति
चितवनमा त्रिशूलीको किनारमा खस्यो ट्रक
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
ट्रक अनियन्त्रित भई त्रिशूलीमा खस्यो