काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको टिप्पणी गरेका हुन् ।
यसमा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भन्दै उनले प्रश्न गरेका छन् । 'राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर, हिजोको घटना सामान्य होइन,' उनले लेखेका छन्, 'कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँग गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।'
सोमबार कांग्रेस सम्मिलित गठबन्धन तोडिएर एमालेसहित नयाँ गठबन्धन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला