काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको टिप्पणी गरेका हुन् ।
यसमा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भन्दै उनले प्रश्न गरेका छन् । 'राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर, हिजोको घटना सामान्य होइन,' उनले लेखेका छन्, 'कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँग गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।'
सोमबार कांग्रेस सम्मिलित गठबन्धन तोडिएर एमालेसहित नयाँ गठबन्धन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्