काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति जुटेसँगै नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो । राति अबेरसम्म बालुवाटारमा भएको छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति थियो ।
स्रोतका अनुसार जसपा पनि माओवादी-एमालेको बन्न सक्ने नयाँ समीकरणलाई साथ दिने भएको छ । यद्यपि आधिकारिक निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै