म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी

एजेन्सी

सोमबार, २१ फागुन २०८०, ०७ : ५६
म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी

एजेन्सी । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ ।

खेलमा अग्रता युनाइटेडले लिएको थियो । मार्कस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा खेलको आठौँ मिनेटमा टोलीलाई अघि बढाए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।

५६ औँ मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए । ८० औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । इन्जुरी समयमा रोड्रीले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतपछि सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । युनाइटेड भने ४४ अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित छ । आइतबार राति भएका अन्य खेलमा बोर्नेमाउथले बर्नलीलाई २–० गोलले हरायो ।